+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानाध्यापक सरुवाको विरोधमा बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १५:०४

८ जेठ, बारा। प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।

हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्।

गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोडसँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ।

विद्यार्थीसहित आक्रोशित समूहले तोडफोड, आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन्। सोमबार गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला बाहिर विद्यार्थी र प्रदर्शनकारीले नाराबाजी र तोडफोड गरेका हुन्।

‘बैठक बसिरहेका छौँ, आन्दोलनरत समूहसँग वार्ता पनि भएको छैन, पहिला बैठक सकाउँ अनि के गर्ने भन्ने निर्णयमा पुग्छौँ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले भने, ‘बिहान घटना भयो, अहिले स्थिति सामान्य छ तर अप्रिय घटनापछि अब के गर्ने भन्नेबारे बैठक बसेर नै टुंगोमा पुग्न खोजिरहेका छौँ।’

प्रमुख प्रशासकीय पालका अनुसार प्रधानाध्यापकहरुको सरुवा सहमतिमै भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए । उनले प्रदर्शनकारीले  प्रहरीमाथि ढुंगामुढा गरेको बताए । स्थिति नियन्त्रणमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल पनि गाउँपालिका कार्यालय क्षेत्रमा परिचालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?