 
																			११ जेठ, विराटनगर। मोरङ प्रहरीले चोरीको ३५ किलो चाँदीसहित तीनजजालाई पक्राउ गरेको छ ।
जेठ ३ गते जयकिशोर चौधरीको घरबाट ३६ किलो चाँदी र २० तोला चाँदी चोरी भएको उजुरी परेको थियो ।
प्रहरीले बुधबार राति १ बजे ३५ किलो चाँदी र ८ ग्राम सुनसहित विराटनगर महानगरपालिका १२ का २१ वर्षीय राजकुमार कामत, सोही स्थानका १९ वर्षीय विवेक कामत र २२ वर्षीया श्रीकान्त दासलाई पक्राउ गरेको हो ।
बुधबार राति १ बजे भारत तर्फ जाँदै गरेको अवस्थामा विराटनगर १२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
सुनचाँदी पसलको सामान घरमा राखेको अवस्थामा चोरी भएको हो। चोरी भएको भनिएको २० तोला सुन र ३६ किलो चाँदी मध्ये ३५ किलो चादी र ८ ग्राम सुन बरामद भएको उनले बताए ।
चोरीको सुन भारतमा लगेर ७ लाखमा बिक्री गरेको पाइएको प्रहरी बताएको छ।
चोरीपछि चोरी गर्ने गिरोहका सदस्य तीन दिन होटलमा बसेर भारत तर्फ जादै गरेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
प्रहरीका अनुसार विवेक कामत यसअघि चोरी मुद्दामा ९ महिना र दास डाका मुद्दामा २० महिना कैद सजायपछि छुटेका थिए।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4