+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १२:१६

२६ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा नाममा हुने अराजक गतिविधि सैह्य नहुने बताएका छन् ।

कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो । शुक्रबार संसदको बैठक सुरु भए लगतै एमाले सचिव योगेश भट्टराईले आन्दोलनका नाममा सत्तारुढ दलका नेता कार्यकर्ता नै आफूहरुसँग भिड्न आएको त होइन भनेका थिए ।

लगतै गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताए ।

तर अराजक गतिविधिलाई कुनै हालतमा सरकारले छुट दिने उनले बताए । उनले भने, ‘संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकार छुट दिन सक्दैन ।’

आफ्ना गतिविधिका कारण आन्दोलनका नाममा अराजक र उद्दण्ड कामलाई प्रोत्साहन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा समेत उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?