 
																			तयार छन्
खोलानालाका दह पोखरीहरू
वनपाखाका झरझर झरनाहरू
समुद्रका किनारा र छालहरू
सहरभरका पानी पार्क
अनि कृत्रिम पौडीपुलहरू
तयार छन्
घुम्तीमोडको फ्रुट पसलमा
झरिला अनेक फलहरू
जस्तो कि रसिला खर्बुजाहरू
चिसो सोडादेखि थरी-थरी सर्वतहरू
तयार छन्
पिउनेहरुलाई ह्विस्कीमाथि बरफहरू
मनपर्नेहरुलाई ठन्डाठन्डा बियरहरू
तयार छन्
मेरी बोजूको पोहोर किनेको नीलो छाता
बहिनी करुणाको पनपरेको सनग्लास
पिताश्रीको हाफपाइन्ट र गन्जी
भान्जी निङ्गुवाको फिरफिरे हातेपङ्खा
तयार हुँदैछ यहाँ परदेशीहरूलाई गर्मी बिदा
विद्यार्थीहरूलाई समर भ्याकेसन
जागिरेहरूलाई छुट्टी
वेल्कम समर !
तिमीलाई स्वागत छ
हामी तयार छौं
अब तिमी आउन सक्छौ
तर तिमी आउँदै गर्दा
फुलाउँदै आउन नबिर्सनू
कुनै गरीबले आँगनमा रोपेको
उसको रहरको रातो गुलाफ
यो खडेरीमा
भिजाउँदै आउन नबिर्सनू
कुनै किसानले रोपी छोडेको
गैरीखेतको रोपाइँ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4