+

साफ च्याम्पियनसिप : कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक

२०८० असार  ६ गते १४:४५ २०८० असार ६ गते १४:४५
साफ च्याम्पियनसिप : कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक

६ असार, बैंगलुरु । १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् ।

कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो रोजाईमा खेल्नेछन् ।

प्रशिक्षक एनेसले गत जेठ ३२ मा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको टिमबाट एकजना परिवर्तन गरेका छन् ।

आयुश घलानको स्थानमा मनिष डाँगीलाई पहिलो रोजाइमा ल्याएका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले कुवेतलाई अहिलेसम्म हराउन सकेको छैन । अहिलेसम्म ९ खेल खेलेकोमा ८ खेलमा पराजित भएको छ भने १ खेल बराबरीमा सकिएको छ ।

यो खेल बैंगलुरुको श्री कान्टेरावा रंगशालामा नेपाली समयअनुसार अपराह्न पौने चार बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय