पुरुष भलिबलमा आर्मीलाई हराउँदै पुलिस दोस्रो स्थानमा
२०८० असार २८ गते २०:०५
२८ असार, काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिससँग पराजित भएको छ ।
चौथो खेल सम्म अपराजित आर्मी आफ्नो पाँचै खेलमा पुलिसँग ३–० को सोझो सेटमा पराजित भयो । खेल पुलिसले २५–२१, २८–२६, २५–१४ ले जित्यो ।
यो जितसँगै पुलिसको ५ खेलबाट १२ अंक भएको छ । पुलिस अंक तालिकामा दोश्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलमा ११ अंक भएको छ ।
पाँच खेलबाट १३ अंक बटुलेको टिप टप हेल्प नेपाल तालिकाको शीर्ष स्थानमा छ । एपीएफको ११ अंक छ । समान अंक भएता पनि अंक रेसियोका आधारमा एपीएफ आर्मी भन्दा पछाडि छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4