+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुनको भाउ तोलामै ८०० घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ११:२९

५ साउन, काठमाडौं । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।

बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो ।

शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ ।

चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो ।

नयाँ आर्थिक वर्ष सुरु भएयता लगातार बढिरहेको सुन चाँदीको मूल्यमा शुक्रबार ब्रेक लागेको हो । सरकारले यस आवबाट सुनका गहनामा विलासिता कर थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?