+

स्वीट्जरल्याण्ड र नर्वे अन्तिम १६ मा, सहआयोजक न्युजिल्याण्ड बाहिरियो

२०८० साउन  १४ गते १५:४७ २०८० साउन १४ गते १५:४७
स्वीट्जरल्याण्ड र नर्वे अन्तिम १६ मा, सहआयोजक न्युजिल्याण्ड बाहिरियो

१४ साउन, काठमाडौं । स्वीट्जरल्याण्ड र नर्वे महिला विश्वकप पुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ भने सहआयोजक न्युजिल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए अन्तर्गत आइतबार भएको खेल स्वीट्जरल्याण्ड र न्युजिल्याण्डले गोलरहित बराबरी खेले । यसै समूहको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६-० ले हराएपछि नर्वे गोलअन्तरका आधारमा अगाडि बढ्दा न्युजिल्याण्ड अभागी बन्यो ।

स्वीट्जरल्याण्ड एक जित र दुई बराबरीबाट ५ अंक जोड्दै समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

एक जित र एक बराबरी र एक हारको नतिजाबाट नर्वे र न्युजिल्याण्डको समान ४ अंक थियो । तर धेरै गोल गरेको आधारमा नर्वे दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

पहिलो खेलमै नर्वेलाई हराएर सनसनी मच्याएको न्युजिल्याण्ड दोस्रो खेलकमा फिलिपिन्ससँग पराजित भएको थियो । त्यही नतिजा नै न्युजिल्याण्डलाई अगाडि बढ्न बाधक बन्यो । नर्वेलाई अन्तिम खेलमा सानदार जित दिलाउन सोपी रोमन हाउगले ह्याट्रिक गरिन् । एडेन पार्कमा भएको उनले छैटौं, १७औं र खेलको इन्जुरी टाइममा गोल गरिन् ।

यस्तै कारोलाइन हानसेनले ३१औं र गुरो रेइटेनले ५३औं मिनेटमा गोल गर्दा न्युजिल्याण्डकी एलिसिया बार्करले एक आत्मघाती गोल गरिन् ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय