+

महिला विश्वकप फुटबलमा स्पेनलाई चार गोल हान्दै जापान समूह विजेता

२०८० साउन  १५ गते १५:४५ २०८० साउन १५ गते १५:४५
महिला विश्वकप फुटबलमा स्पेनलाई चार गोल हान्दै जापान समूह विजेता

१५ साउन, काठमाडौं । महिला विश्वकप फुटबल अन्तर्गत समूह सी को खेलमा जापानले स्पेनलाई ४-० ले पराजित गरेको छ ।

यस जितपछि जापान समूह सी को को विजेता बनेको छ । जापान र स्पेन यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेका थिए ।

समूह सी को विजेता बन्नका लागि भएको खेलमा जापान स्पेनमाथि हावी भयो ।

जापान समूह विजेता र स्पेन समूह उपविजेता बनेर नकआउट चरण प्रवेश गरेको छ । जापानका लागि हिनाता मियाजावाले दुई तथा रिको उएकी र मिना तानाकाले समान एक गोल गरे ।

समूह सी कै अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई ३-१ ले पराजित गरेको छ । अफ्रिकन राष्ट्र जाम्बियाको विश्वकपमा यो पहिलो जित हो ।

महिला विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय