+

इजरायल प्रस्थान गरिन् सावित्रा

२०८० साउन  १६ गते १०:३७ २०८० साउन १६ गते १०:३७
इजरायल प्रस्थान गरिन् सावित्रा

१६ साउन, काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् ।

उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् ।

इजरायल एसियन राष्ट्र भए पनि त्यहाँको क्लबले युईएफएमा आबद्ध भएर युरोपियन क्लब फुटबल खेल्दै आएको छ ।

इजरायल सावित्रा भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय