+

प्रि-सिजनमा नेइमार चम्कँदा पीएसजीको सहज जित

२०८० साउन  १८ गते १८:१४ २०८० साउन १८ गते १८:१४
प्रि-सिजनमा नेइमार चम्कँदा पीएसजीको सहज जित

१८ साउन, काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेइमारको २ गोल र १ असिस्टसहितको उच्च प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई पराजित गरेको छ ।

दक्षिण कोरियाको बुसान रंगशालामा भएको खेलमा टिमले प्रि–सिजनमा निकालेको यो पहिलो जित हो । यसअघि टिमले प्रि–सिजनमा खेलेका तीन खेलमा भने हार बेहोरेको थियो ।

नेइमारले ४० औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा पुन नेइमारले नै गोल गरेका हुन् ।

निर्धारित समयको २ मिनेट बाँकी रहँदा नेइमारको असिस्टमा मार्का एसेन्सियोल गोल गरे ।

एसिया भ्रमणमा रहेको पीएसजीले यसअघि इन्टरसँग २–१ ले र सेरेजो ओसाकासँग ३–२ ले हारेको थियो । अल नासरसँगको खेल भने खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेइमार पेरिस सेन्ट जर्मेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय