+

एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

२०८० साउन  २० गते ११:०२ २०८० साउन २० गते ११:०२
एफसी कप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

२० साउन, काठमाडौं । एफसी कप खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ ।

भुटानको पारो एफसीको टोली आज बिहान रोयल भुटान एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो । उनीहरूलाई विमानस्थलमै स्वागत गरिएको छ ।

पारो एफसीले यही अगष्ट ८ मा नेपालको मच्छिन्द्र क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । यो खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

माउन्टन एभरेस्ट स्पोर्टस् इभेन्ट प्रालिले यसखेलको लागि टिकटिङ अधिकार खरिद गरेको छ ।

खेलमा साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर रहेको जानकारी दिइएको छ ।

एफसी कप पारो एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय