डुरान्ड कप : अन्तिममा गोल खाँदा आर्मी बराबरीमा रोकियो
२०८० साउन २४ गते १६:५९
२४ साउन, काठमाडौं । भारतमा भइरहेको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कपमा नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी एफसी दिल्ली एफसीसँग बराबरीमा रोकिएको छ ।
समूह ई अन्तर्गत मंगलबार गुहावाटीमा भएको खेलमा आर्मीले अन्तिम समयमा गोल खाँदा खेल १-१ को बराबरीमा सकिएको हो ।
खेल सकिन दुई मिनेट अघि आर्मीले गोल खाएको हो । खेलको ३९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
तर अन्तिम समयमा दिल्लीले गोल फर्काउँदा आर्मी ३ अंक जोड्नबाट बन्चित रह्यो ।
दिल्लीका लगि ८८औं मिनेटमा गरिक घोस्लाले बराबरी गोल गरे ।
आर्मीले अब दोस्रो खेल आईएसएल क्लब चेन्नाइयीनसँग अगष्ट १४ र हैदरवादसँग अगष्ट २२ मा खेल्नेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4