
२ भदौ, काठमाडौं । एक महिनासम्म चल्ने गुँला पर्व धुमधामका साथ चलिरहेको छ ।
साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म चल्ने पर्व खास गरी नेपालमा बौद्धमार्गी र नेवार समुदाय मनाउने गर्दछन् ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।
बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यलगायत आफ्नो नजिकको देवालयमा पुग्ने गर्दछन् ।
पर्वको अवसरमा आज स्वयम्भूमा बाजागाजाका साथ भजनकीर्तनसहित परिक्रमा गरिएको छ ।
यो वर्ष साउन ३२ गतेदेखि सुरु भएको गुलाँ पर्व यही भदौ ३० गते समापन हुन्छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4