+

एन्फाको विशेष साधारण सभामा गणपूरक संख्या पुगेन, सोमबार पुन: बस्ने

२०८० भदौ  २४ गते १६:३६ २०८० भदौ २४ गते १६:३६
एन्फाको विशेष साधारण सभामा गणपूरक संख्या पुगेन, सोमबार पुन: बस्ने

२४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आइतबार तय भएको विशेष साधारण सभा गणपूरक संख्या नपुगेपछि हुन सकेन ।

एन्फाले आइतबार अनलाइनमार्फत विशेष साधारण गर्ने निर्णय गरेको थियो । तर डिभिजन क्लबहरुले विशेष साधारण सभा भौतिक उपस्थितिमै गर्न माग राख्दै आएका थिए ।

एन्फाले आइतबार नै अनलाइनमार्फत साधारण सभा राखे पनि बहुमत सदस्य उपस्थित नभएपछि अब भदौ २५ गते सोमबार बस्ने निर्णय भएको हो ।

‘संघको २०८० भाद्र २४ गतेको अनलाइनमार्फत भएको एन्फा विशेष साधारण सभामा एन्फाको विधान २०७७ संस्करणको धारा (२८) को (१) बमोजिम गणपुरक संख्या अपुग भएकोले पुनः उक्त एन्फा विशेष साधारण सभा विधानको धारा २८ को २-३ अनुरुप अनलाइन मार्फत २०८० भाद्र २५ गते सोमबार बिहान ११ बजे बस्ने जानकारी गरियो’, एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।

साधारण सभाका लागि गणपूरक संख्या नपुगेपछि बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले महिला तथा अन्य फुटबल विकासको कार्यक्रम सञ्चालन गर्न विभिन्न देशका फुटबल संघ र दातृ निकायसँग आवश्यक पर्ने आर्थिक तथा अन्य सम्झौता गर्नको लागि संघको अध्यक्षलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिफा वर्ल्ड कप क्वालिफाइङ राउण्ड एसियन जोनको मेडिया एण्ड कमर्सियल राइट सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई दिएको छ । स्पोर्ट्स फाइभले गरेको प्रस्ताव अनुसार पहिलो राउण्डमा १५ हजार डलर र दोस्रो राउण्डमा ६५ हजार डलर हुनेगरी उक्त प्रस्ताव स्वीकृत गरेको एन्फाले जनाएको छ ।

बैठकले बेलायतको तेस्रो श्रेणीको टोली र नेपाली राष्ट्रिय फुटबल टोलीबीच २०२४ को अप्रिल र मेभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने निर्णय पनि गरेको एन्फाले जनाएको छ ।

फुटबल खेलसँग आबद्ध विभिन्न उमेर समूहका खेलाडीहरु तथा रेफ्रीहरुलाई खेल तथा प्रशिक्षण दौरान घाइते भएका तथा दीर्घरोगको उपचाररत रहेकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

जसअनुसार यू-१५ राष्ट्रिय महिला खेलाडी यशोदा बोहरालाई ५ लाख, यू-१९ खेलाडी संजोग मोक्तानलाई १ लाख ५० हजार, स्वर्गीय फिफा सहायक रेफ्री विक्रम चौधरीको परिवारलाई ३ लाख, भु.पु. फिफा सहायक रेफ्री तथा रेफ्री एसेसर गजेन्द्रमान सिंहलाई १ लाख र सिताकुमारी पौडेल १ लाख दिने निर्णय गरेको शाहले जानकारी दिए ।

एन्फा कार्यसमिति एन्फा विशेष साधारणसभा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय