 
																			२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक व्यक्त गरेको छ ।
पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पार्टीको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वसभामुख समेत रहनुभएका नेम्वाङले नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा निभाउनुभएको भूमिका नेपाली इतिहासमा सदैव अमर रहने छ ।’
आजका लागि निर्धारण गरिएका पार्टीका कार्यक्रम स्थगित गरेको र अन्त्यष्टिका दिन सरकारले सार्वजनिक शोक बिदाको निर्णय गरेकाले त्यस दिनसमेत पार्टीका कुनै कार्यक्रम नगर्न नगराउन पनि ढकालले भनेका छन् ।
नेम्वाङको आज सोमबार बिहान निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4