+

एसियन गेम्स : पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

२०८० असोज  ३ गते १४:०१ २०८० असोज ३ गते १४:०१
एसियन गेम्स : पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

३ असोज, काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।

मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्ने छ ।

एसियन पुरुष भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय