१२ मंसिर, काठमाडौं । नेपाल सुपर लि (एनएसएल) मा काठमाडौं रेजर्स हारबाट जोगिएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले ८६ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि काठमाडौंले ९२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो ।
चितवनका नवयुग श्रेष्ठले गोल गरेर अग्रता दिलाए पनि काठमाडौंका जुनियर एकेनगुएले गोल फर्काएर खेल बराबरीमा ल्याएका हुन् । योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।
 
                    










 २०८० मंसिर  १२ गते १९:२८
                        २०८० मंसिर  १२ गते १९:२८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4