+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शेखरले बोलाएको बैठकमा गगन नजाने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १५:२३

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् ।

तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय भइसकेकाले अनुपस्थित हुने बताएका छन् । नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, १४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मंगलबार छलफलमा बोलाएका छन् ।

केन्द्रीय सदस्य मधु आचार्यले उक्त छलफलबारे शेखर–गगनबीच सल्लाह नभएको जानकारी पाएको बताए । ‘गगनजीको मधेशमा कार्यक्रम पहिले नै फिक्स भएको रहेछ । कुन दिन बैठक गर्ने भनेर छलफल पनि भएको रहेनछ’, उनले भने, ‘सल्लाह गरेर बैठक बोलाइएको पनि होइन रहेछ ।’

पार्टीको १४ औं महाधिवेशनमा एउटै समूहमा रहेर सभापति शेरबहादुर देउवा पक्षसँग प्रतिस्पर्धा गरेका शेखर–गगनले सार्वजनिक प्रतिक्रिया दिँदा भने आफ्नो समूह एक रहेको बताउने गरेका छन् ।

पार्टीको आसन्न महासमिति बैठकका विषयमा छलफल गर्न समूहको बैठक बोलाइएको शेखर पक्षको भनाइ छ ।

महासमिति बैठकबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले २९ मंसिरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शेखरले त्यसअघि नै आफूपक्षका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?