एनएसएलमा बुटवल लुम्बिनीमाथि झापाको जित (तस्वीरहरू)
२०८० मंसिर २६ गते २०:०७
२६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले पहिलो जित हात पारेको छ ।
लिगमा आफ्नो पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । लिगको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग हारेको झापाले त्यसपछिका ३ खेल बराबरी खेलेको थियो ।
यो जितसँगै ६ अंक बटुलेको झापा छैटौं स्थानमा उक्लिएको छ । पराजित बुटवल भने ६ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा कायम छ ।
कप्तान अन्जन विष्टको पासमा जवर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा पुर्याएर प्रहार गरेको बल गोल भएको थियो । जारी सिजनमा झापाको यो दोस्रो गोल हो र सान्चेजको पहिलो गोल हो ।
बुटवल लुम्बिनी र झापाबीचको खेलका तस्वीरहरू :
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4