काठमाडौं । राष्ट्रिय भलिबल टिमका सदस्य डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट पुरस्कृत भएका छन्।
शुक्रबार बुटवलमा नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा अवस्थी उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। खेलकुद विकासमा योगदान पुर्याएको भन्दै अवस्थीलाई उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरिएको हो।
उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए। अवस्थीलाई स्वर्णपदक र नगद पुरस्कार १० हजार प्रदान गरिएको छ।
डडेल्धुरा जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी भोजराज अवस्थीका अनुसार उनलाई पुरस्कारका लागि डडेल्धुरा जेसीजले सिफारिस गरेको थियो ।
पुरस्कृत भएका अवस्थी नेपाली राष्ट्रिय भलिबल टिम सदस्यका साथै सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमा पनि आवद्ध छन्।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4