+

पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनलमा

२०८० पुष  ९ गते २०:२६ २०८० पुष ९ गते २०:२६
पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनलमा

९ पुस, काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेश गरेको छ । तीन पटक पछि परिसकेको अवस्था उल्टाउँदै धनगढीले फाइनलमा स्थान बनाएको हो ।

सोमबारको खेलमा तीन पटक लिएको अग्रता जोगाउन नसक्दा पोखरा क्वालिफायरको पहिलो खेलबाटै फाइनल पुग्नबाट वञ्चित भयो ।

अब फाइनल प्रवेशका लागि पोखराले अझै एउटा अवसर पाउनेछ । ललितपुर र काठमाडौंबीच मंगलबार हुने इलिमिनेटरको बिजेतासँग पोखराले दोस्रो क्वालिफायर खेल्न पाउनेछ । उक्त खेलको बिजेता फाइनलमा प्रवेश गर्नेछ ।

सोमबार दशरथ रंगशालामा भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल धनगढीले पेनाल्टी सुटआउटमा ४-३ ले आफ्नो पक्षमा पार्‍यो ।

निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी र थपिएको ३० मिनेटको समयमा पनि थप १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा तेस्रो नम्बरमा आएका धनगढीका अहमद हिजाजी गोल गर्न असफल भएपछि पोखराले अग्रता लिएको थियो । तर चौथो नम्बरमा आएका पोखराका खेलाडी मोजेजले पनि गोल गर्न सकेनन् ।

पाचौं नम्बरमा पेनाल्टी प्रहार गरेका पोखराका आयुष घलानको प्रहार पनि धनगढीका गोलकिपर ताहाले रोके र धनगढी विजयी भयो । आयुष र मोजेजको प्रहार रोकेका गोलकिपर ताहा नै सोमबारको खेलको म्यान अफ दि म्याच बने ।

यसअघि खेलको पाँचौ मिनेटमै आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । तर ५४ औं मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले बराबरी गोल फर्काए । त्यसपछि निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो ।

९० मिनेटको खेल सकिएपछि ३० मिनेट समय थप्दा स्टेफन कोजो एनोरले १०४ औं मिनेटमा पोखरालाई दोस्रो पटक अग्रता दिलाएका थिए । तर खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

एनएसएल धनगढी एफसी नेपाल सुपर लिग पोखरा थन्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय