
२३ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाको जावलाखेलमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ ।
ललितपुर उपमहानगर–५ जावलाखेलस्थित स्टील टावर नजिकैको एक घरको कम्पाउण्डमा रुख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका एक जना व्यक्ति (परिवारका सदस्यकै आग्रहमा नाम गोप्य राखिएको) को नगर प्रहरीले सकुशल उद्धार गरेको हो ।
नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘इनार नजिकै रुख रहेछ, इनारको ढक्कनमाथि लड्दा सिधै तल खसेछन्, रुख भएका घरधनीले तत्काल खबर गरेपछि हामीले उद्धार गर्न सकेका हौं ।’
हाछेथुका अनुसार इनारमा ३ फिट मात्रै पानी रहेछ । ती व्यक्तिलाई बन्जी जम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए ।
‘उहाँको पिठ्युँ र पछाडिको भागमा चोट लागेको छ । उपचारका लागि पाटन अस्पताल पुर्याइएको छ । अस्पतालले उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ,’ हाछेथुले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4