घरेलु मैदानमा बायर्नको पहिलो हार, उपाधि होडमा धक्का
२०८० माघ ८ गते ७:५६
८ माघ, काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गथ आइतबार राति भएको खेलमा बायर्न म्युनिख घरेलु मैदानमै वेडर ब्रेमेनसँग १-० ले पराजित भएको छ ।
आफ्नै क्लबका पूर्वडिफेण्डर मिचेल वाइजरले दोस्रो हाफमा गरेको गोलमा बायर्न घरेलु मैदानमा स्तब्ध बनेको हो ।
वेडरले सन् २००८ पछि पहिलो पटक बायर्नविरुद्ध अवे मैदानमा जित निकालेको हो ।
बायर्नका ह्यारी केनले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग हुन सकेन ।
यो हारपछि साविक विजेता बायर्नको उपाधि होडमा धक्का लागेको छ र लिग लिडर बायर लेभरकुजनसँग अंकदूरी घटाउने मौका गुमेको छ ।
लेभरकुजनभन्दा बायर्न ७ अंकले पछि छ । लेभरकुजनको १८ खेलबाट ४८ अंक छ । बायर्न १७ खेलबाट ४१ अंकसहित दोस्रोमा छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4