+

फिल फोडेनको ह्याट्रिकमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा

२०८० माघ  २३ गते ७:१९ २०८० माघ २३ गते ७:१९
फिल फोडेनको ह्याट्रिकमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा

२३ माघ, काठमाडौं । फिल फोडेनले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा सोमबार ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको छ । यो जितले सिटी दोस्रो स्थानमा उक्लिंदै लिग लिडर लिभरपुलसँग अंकदूरी दुईमा झार्न सफल भएको छ ।

खेलमा ब्रेन्टफोर्डले पहिले अग्रता लिएको थियो । २१औं मिनेटमा निल मउफीले गोल गर्दै घरेलु टोली ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी टाइममा फोडेनकाले सिटीका लागि बराबरी गोल फर्काए ।

त्यसपछि फोडेनले दोस्रो हाफमा दुई गोल थपे । फोडेनले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पहिलो पटक खेलमा अग्रता दिलाए । त्यसपछि उनले ७०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

जितपछि सिटी २२ खेलमा ४९ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि सिटीले आर्सनललाई गोल अन्तरमा पछि पारेको छ ।

सिटीले लिभरपुल र आर्सनलभन्दा अझै एक खेल कम खेलेको छ । लिभरपुल २३ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा छ ।

म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय