+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘जमजम इलेक्ट्रोनिक्स’बाट भन्दै ठग्ने चार युवाको गिरोह समातियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १४:३६

२० फागुन, काठमाडौं । जमजम इलेक्ट्रोनिक्सको नाममा फेसबुक पेज बनाएर नागरिकलाई ठगी गर्ने गिरोहलाई उपत्यका अपराध प्रहरी कार्यालयले समातेको छ ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरका अनुसार, दुबईमा रहेको जमजम इलेक्ट्रिोनिकले सामाजिक सञ्जालमा पोष्ट गर्ने भिडियोहरुको आडमा नेपालमा पनि नक्कली फेसबुकमा पेज बनाएर ठगी गर्ने गरेको भेटिएको हो ।

‘पीडितहरुले जाहेरी दिएपछि अनुसन्धान गर्नेक्रममा चार जना पक्राउ परेका छन्’, राठौरले भने, ‘सर्लाही घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षका सिद्धार्थकुमार सिंह, बारा घर भइ भक्तपुरको गठ्ठाघर बस्ने २२ वर्षीय राम सेवक राम र पर्सा घर भइ गठ्ठाघर बस्ने २४ वर्षका आकाश शाह सोनारलाई पक्राउ गरिएको छ ।’

उनीहरुले जमजम इलेक्ट्रोनिक्सको पेज बनाएर विभिन्न महँगो ब्राण्डका मोबाइल तथा आईफोन सेटहरु सस्तोमा विक्री वितरण गरेको भिडियो समेत राखेका थिए । सक्कली फेजबाट डाउनलोड गरेर नक्कली पोष्टहरु राखेर सर्वसाधारणलाई झुक्याएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

उनीहरुले सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर विभिन्न व्यक्तिसँग रकम माग गरेको समेत पाइएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, उनीहरुले पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा रकम पठाउन लगाएर विभिन्न खातामा ट्रान्फर गरेर तेस्रो व्यक्तिको एटीएम प्रयोग गरेर भुक्तानी लिने गरेका थिए ।

फत्राउ परेकाहरुले फरक-फरक सीम कार्डको प्रयोग गरेर मोबाइल बैंकिङ, वालेट एकाउन्टहरु समेत सुचारु गरेर आर्थिक कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका ७ वटा मोबाइल, १६ वटा समि कार्ड, २९ वटा एटीएम कार्ड, विभिन्न बैंकको खातामा डिपोजिट गरेको १६ वटा रसिद लगायत बरामद गरेको छ ।

उनीहरुले रकम भुक्तानी लिइसकेपछि काठमाडौं उपत्यका छाडेर बारा, पर्सातिर लुकेर बस्ने गरेको समेत खुलेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि ठगी सम्बन्धी कसूरमा अनुसन्धान अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?