
३० फागुन, काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ ।
सुहाङलाई कानुन विभाग सदस्यमा मनोनित गरेको पत्र महासचिव शंकर पोखरेलले दिएका छन् । ‘नेकपा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ गते बसेको २७औं बैठकले तपाईँलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरिएको जानकारी गराउँछु’, महासचिव पोखरेलको पत्रमा उल्लेख छ ।
सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङले पनि उम्मेदवारीका निम्ति निवेदन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4