
२ वैशाख, काठमाडौं । नेकपा एमालेले सबै दलका शीर्ष नेतालाई १० वैशाखमा गोदावरीमा बोलाउने भएको छ । पार्टी स्थापनाको ७५औं वर्ष, अर्थात् हीरक जयन्तीको अवसरमा एक समारोह आयोजना गर्न लागेको हो ।
एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ७५ वर्षसम्म पार्टीलाई अनवरत अगाडि बढाउने योगदान गर्नेमध्येका कतिपय व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि बनाएको छ ।
डकुमेन्ट्री निर्माण गरेर अहिलेसम्मका उपलब्धिहरूलाई विभिन्न दलका नेताहरूबीच देखाउने पार्टी निर्णय छ ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय प्रतिनिधि परिषद्को दुई दिने बैठकसँगै यी कार्यक्रमहरू सञ्चालन हुनेछन् । राष्ट्रिय राजनीतिमा सन्देश दिनेगरी कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।
हीरक जयन्तीको समारोह गोदावरीस्थित सन्राइज हलमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4