कमजोर प्रदर्शन गर्दै कप्तान रोहित आउट
२०८१ वैशाख ७ गते १२:२९
७ वैशाख, काठमाडौं । नेपालका कप्तान रोहित पौडेल एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध कमजोर प्रदर्शन गर्दै क्याच आउट भएका छन् ।
उनी १८ बलमा ५ रन बनाएर आउट भएका हुन् । अली नासिरको सातौं ओभरको अन्तिम बलमा सैइद हैदरबाट क्याच आउट भएका हुन् । बाउन्सर बलमा क्याच आउट भएका थिए ।
ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।
सन्दीप जोरा १२ बलमा २२ र उनलाई साथ दिन कुशल मल्ल आएका छन् । नेपालका ओपनर कुशल भुर्तेल रोयल डक र आसिफ शेख ८ रनमा आउट भएका हुन् ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4