+

कुशल भुर्तेल केटिएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बासडर

२०८१ वैशाख  १७ गते २१:०२ २०८१ वैशाख १७ गते २१:०२
कुशल भुर्तेल केटिएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बासडर

१७ बैशाख, काठमाडौं । केटिएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल नियुक्त भएका छन् ।

सोमबार राजधानीको नक्सालस्थित म्यारियट होटलमा आयोजित एक कार्यक्रममा केटिएम कन्सल्टिङले राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपको ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

केटिएम कन्सल्टेन्सीका निर्देशक सुरेन्द्र नेपाल र कुशल भुर्तेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

केटिएम कन्सलटिङ ग्रुपले विभिन्न समयमा नेपाली क्रिकेट टोलीसँग विभिन्न कार्यमा समन्वय गर्दै आएको छ । सोही क्रममा भुर्तेल ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका हुन् । आज कन्सलटेन्सी र भुर्तेलबीच एक वर्षको लागि ब्राण्ड एम्बास्डरमा सम्झौता भएको हो ।

भुर्तेल नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित खेलाडी समेत हुन् र उनले नेपालको तर्फबाट नियमित ओपनिङ ब्याटिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुशी लागिरहेको बताए । यस्तै उनले आगामी टि २० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।

यस्तै केटिएम कन्सल्टिङ ग्रुपका निर्देशक सुरेन्द्र नेपालले पछिल्लो समय नेपाली क्रिकेटले प्रगति गरिरहेको र क्रिकेटरसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । साथै उनले खेलाडी कुशलसहित नेपाली राष्ट्रिय क्रिकेट टिमलाई टी२० विश्वकपमा राम्रो प्रदर्शन गर्न शुभकामना समेत दिए ।

सम्झौतापछि केटीएम कन्सल्टिङ ग्रुप र कुशल भुर्तेलले दुवै पक्ष मिलेर खेलकुद र शिक्षाको क्षत्रेमा सहकार्य गर्ने भएका छन् ।

केटिएम कन्सलटिङ ग्रुपको नेपालमा काठमाडौं, हेटौँडा, बुटवल, चितवन, बनेपा, इटहरी, पोखरा, दाङ र सर्लाहीमा ब्रान्च रहेको छ । उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरुमा पठाउँदै आएको ग्रुपको साउथ एशियामा भूटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन् | यस्तै ग्रुपले उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशहरुमा पठाउँदै आएको छ । ग्रुपको अष्ट्रेलियामामा सिड्नी, क्यानबेरा, मेलवर्न र एडेलेडमा पनि ब्रान्च रहेको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको ब्रान्चले विश्वभर २० देशमा रहेको ब्रान्चसँग सहकार्य गर्नेछ ।  यस बाहेक साउथ एशियामा भूटान, बंगलादेश, श्रीलंकामा पनि ब्रान्चहरु रहेका छन् |

कुशल भुर्तेल केटिएम कन्सल्टिङ ग्रुप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय