+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सहकर्मीलाई हातपात गर्ने नेवानि कर्मचारी संघ अध्यक्ष कुँवर निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १८:४१
मानबहादुर कुँवर

२५ जेठ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले सहकर्मीमाथि हातपात गर्ने वरिष्ठ जीईओ मानबहादुर कुँवरलाई अधिकतम तीन महिनाका लागि निलम्बन गरेको छ ।

गत साता शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा रहेको निगमको कार्यालयभित्र कुँवरले सफाइ शाखा प्रमुख श्यामकृष्ण पालिखेलाई हातपात गरी घाइते बनाएपछि निगम व्यवस्थापनले कुँवरलाई निलम्बन गरेको हो ।

निगमले कुँवरलाई निलम्बन गरिएको पत्रमा भने घटनाबारे उल्लेख छैन । निगम मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देलद्वारा हस्ताक्षरित उक्त पत्रमा ‘नेपाल वायुसेविा निगमका कर्मचारीहरूको सेवा, सर्त सम्बन्धी विनियमावली, २०५८ विपरीत कार्यहरू सम्बन्धमा कुँवर उपर छानबिन गर्नुपर्ने भएको हुँदा ग्राउन्ड सपोर्ट विभागको पत्रबाट जानकारी भएकाले छानबिन समाप्त नहुन्जेल वा बढीमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ’ उल्लेख छ ।

निलम्बित कुँवर नेपाली कांग्रेस निकट निगम कर्मचारी संघका अध्यक्ष हुन् ।

निगम स्रोतका अनुसार कुँवरले एक महिला कर्मचारीलाई रात्रि सिफ्टमा काम लगाउन चार महिनादेखि सफाइ प्रमुख पालिखेलाई दबाब दिँदै आएका थिए ।

पीडित पालिखेले भने ‘महिलालाई सकेसम्म रात्रि सिफ्टमा काममा नराख्दा राम्रो’ भन्दै आएका थिए । तर, १९ जेठमा विमानस्थल पुगेका कुँवरले सोही विवादमा पालिखेमाथि हातपात गरेका थिए ।

लगत्तै भोलिपल्ट जेठ २० मा निगम व्यवस्थापनले कुँवरलाई छानबिन नसकुन्जेल अधिकतम तीन महिनासम्मका लागि निलम्बन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?