
काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)का अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा)लाई मातृशोक परेको छ । उनकी आमा लक्ष्मीमाया बोमजनको ७९ वर्षको उमेरमा निधन भएको छ ।
उनी पित्त थैलीको क्यान्सरबाट पीडित थिइन् । वीर अस्पतालमा उपचारकै क्रममा जेठ २७ गते निधन भएको थियो ।
जेठ २८ गते लामाको घर रहेको मकवानपुरस्थित इन्द्रसरोवर मार्खुको कुलेखानीमा लक्ष्मीमायाको पार्थिव शरिरलाई तामाङ संस्कारअनुसार अन्त्येष्टी गरियो ।
लक्ष्मीमायाका श्रीमान, पाँच छोरा र दुई छोरी छन् । अध्यक्ष लामा चलचित्र प्राविधिकको हकहितका लागि खटिने फिल्मकर्मीका रुपमा चिनिन्छन् ।
स्पट ब्वाय हुँदै नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका लामा अहिले नेपाली फिल्मका निर्माण नियन्त्रक समेत हुन् । अहिले उनी मार्खुमै किरिया बसिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4