+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

प्रचण्डलाई योगेशको जवाफ : ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १४:३२

२८ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए ।

आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले भने, ‘यसमा प्रचण्डको सहयोग चाहन्छौं, सहभागिता चाहन्छौं ।’

त्यही आशयका साथ आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग गए पनि सँगै जाने, नर्क गएपनि सँगै जाने भनेको एमाले सचिव भट्टराईको दाबी छ । ‘नर्क जाँदैजाँदैनौं, स्वर्ग जाँदा पनि सँगै लैजान्छौं’ उनले भने, ‘यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौं ।’

उनले अगाडि भने, ‘छुटेर पनि अन्त जाने ठाउँ छैन, ख्याल गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?