+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मेलम्चीको पानी वर्षभरि वितरण गर्न खानेपानी मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:०३

३ साउन, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण वर्षभरी नै व्‍यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहीबार आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उप-आयोजना-२ को ब्रिफिङ सुनिसकेपछि उनले कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामीले काम मार्फत मेलम्ची खानेपानी आयोजना सम्बन्धी सृजित गलत भाष्यलाई चिर्नु पर्छ र जनतालाई मेलम्चीको पानी १२ महिना कसरी पुर्‍याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसको लागि म प्रतिबद्ध छु, के गर्नु पर्छ म गर्छु ।’

उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विषयमा आएका गुनासोको जानकारी लिएर आफू गम्भीर रहेको बताउँदै कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

‘म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,’ उनले भने, ‘मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पुर्‍याएर देखाउनु पर्छ’

मन्त्री यादवले मेलम्ची आयोजनालाई सफल पार्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई १२ महिना खानेपानी पुर्‍याउने लक्ष्य अनुसार सबै मिलेर काम गर्दा मात्र यो सम्भव हुने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?