 
																			काठमाडौं । एनसेलले सञ्चालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजनाका विजेता बन्दै झापाका नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक जितेका छन् ।
एनसेलले आफ्ना खुद्रा विक्रेता र साना पसल गर्ने व्यवसायीलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले सो योजना सञ्चालन गरेको थियो ।
झापा गाउँपालिका–५ पन्थपाडामा शिव बाबा किराना सञ्चालन गर्दै आएका नगेन्द्रलाई बिहीबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले१२५ सीसीको बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उदेश्यकासाथ यो कार्यक्रम लागु गरेको थियो ।
कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए ।
यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ इन्चसम्मका स्मार्ट टीभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् ।
बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४ हजार ७५४ खुद्रा बिक्रेताहरू मोटरसाइकलका लागि योग्य थिए । विजेता नगेन्द्र गोला प्रथामार्फत छानिएका हुन् ।
देशभरि सातै प्रदेशबाट १ हजार १०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4