+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

राजनराज सिवाकोटी र टीका पुनको ‘पान पुतली माया’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १७:११

काठमाडौं । राजनराज सिवाकोटी र टीका पुनको स्वरमा ‘पान पुतली माया’ गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको भिडियो रिलिज गरिएको हो । गीतमा शब्द तथा संगीत राजनराजकै छ भने एरेन्ज राजन इशानले गरेका छन् ।

रोमान्टिक जोडीको प्रेमकथालाई निर्देशक दिलीप समनले भिडियोमा उतारेका छन् । भिडियोमा गीता  ढुंगाना र सुनिल न्यौपानेले अभिनय गरेका छन् ।

भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र नकुल खड्काको सम्पादन छ । मीना बर्तौला निर्माता रहेको गीतको भिडियो ‘समीप इन्टरटेनमेन्ट’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?