 
																			२५ भदौ, जनकपुरधाम। धनुषामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-७ महादेवमण्ठ टोल बस्ने रिता यादवकी ७ वर्षीया छोरी रचना यादव छन् ।
आज बिहान साढे ९ बजेतिर टोलकै दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा दिई घर फर्कीरहेकी बालिकालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना लगतै ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएका छन्।
मोटरसाइकल चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।
बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4