७ असोज, काठमाडौं। काठमाडौं महानगरपालिका–२६ मित्रनगर बबालीचोकबाट जुवातास खेलेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
मित्रनगर बबालीचोकस्थित पदम कुमारी गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा तनहुँ ब्यास नगरपालिका–१२ घर भएका ५० वर्षीय होम बहादुर थापा मगर, तनहुँकै भानु नगरपालिका–१२ घर भएका कुलबहादुर गुरुङ, धादिङको रुबीभ्याली गाउँपालिका–४ घर भएका ४५ वर्षीय नरमान घले, म्याग्दीको मालिका गाउँपालिका–४ घर भएका ४४ वर्षीय मनमोहन छन्त्याल रहेका छन् ।
यस्तै रुबीभ्याली–६ का ४० वर्षीय अरुण गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–६ घर भएका ५४ वर्षीय रामबहादुर तिमिल्सिना, धादिङको निलकण्ठ नगरपालिका–६ का ६२ वर्षीय रामबहादुर राना र मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ घर भएका ५१ वर्षीय शम्भू दयाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १० हजार ७ सय रुपैयाँ, १० बुक तास र ग्याम्बलिङ क्वाईन २ सय २० थान सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4