+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
91/3 (12.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

गाउँमै नमुना बन्यो भुवनको कुखुरा फार्म

रासस रासस
२०८१ कात्तिक ८ गते ९:५७

८ कात्तिक, पाल्पा । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् । उनको व्यवसाय पाल्पामा नमुनानै बनेको छ ।

उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन् । ‘गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु’, उनले भने, ‘यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।’

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका हुन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए ।

उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिनलाई हुर्काएर बिक्री गर्दै आएको बताए । अर्यालले ५० लाख रुपैयाँ लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए ।

व्यवसाय धान्न उनले एक जनालाई रोजगार पनि दिएका छन् । सुरुमा गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन् । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?