 
																			१४ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सामन्त वर्गकै प्रतिनिधित्व गर्ने पार्टीको रुपमा चित्रण गरेका छन् ।
पार्टीको महाधिवेशन अन्तर्गत शुक्रबारबाट सुरु भएको बन्दसत्रमा मूल राजनीतिक दस्तावेज पेस गर्दै वैद्यले यस्तो चित्रण गरेका हुन् ।
‘पुरानो रैथाने संसदीय यथास्थितिवादी पार्टीसहित सबै संसदवादी राजनीतिक दलहरुलाई असक्षम, असफल तथा असमर्थ बताउँदै पुरानो राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको असली पक्षधरका रुपमा आफूलाई पेश गर्दै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आएको छ र यो संसदमा चौथो स्थानमा रहेको छ’, वैद्यको दस्तावेजमा छ ।
तर, यसको चरित्र सारमा दलाल तथा नोकरशाही वर्गको प्रतिनधित्व गर्ने रहेको उल्लेख छ ।
‘रास्वपा रूपमा निकै तामझामसहित पेस भएपनि सारमा दलाल तथा नोकरशाही एवं सामन्त वर्गकै प्रतिनिधित्व गर्ने संसदीय यथास्थितिवादी पार्टी नै हो’, प्रतिवेदनमा भनिएको छ, ‘यसलाई यस प्रकारका अरु पार्टीहरूको तुलनामा साम्राज्यवादको थप आशीर्वाद प्राप्त भएको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4