 
																			१७ मंसिर, काठमाडौं।अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरालाई माफी दिनेगरी गरेको निर्णयविरुद्ध अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रश्न उठाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेखेका छन्,‘जो बाइडेनले आफ्ना छोरा हन्टरलाई दिएको माफीमा ६ जनवरीका बन्दीहरू पनि समावेश छन्, जो वर्षौंदेखि जेलमा छन्? यो न्यायको स्पष्ट दुरुपयोग हो।’
जो बाइडेनले हन्टर बाइडेनलाई कर छली र अवैध हतियार राख्ने मुद्दामा दोषी ठहरिएपछि माफी दिएका हुन् ।
राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भनेका छन्, ‘मेरो छोरालाई निशाना बनाइएको छ। पदभार ग्रहण गर्दा मैले न्याय विभागका निर्णयहरूमा हस्तक्षेप नगर्ने वाचा गरेको थिएँ। यो वाचा मैले पूरा गरेँ, यद्यपि मेरो छोराले अनुचित अभियोजनको सामना गरेको देखेँ।’
यसअघि, सेप्टेम्बर २०२४ मा ह्वाइट हाउसकी प्रेस सचिवले बाइडेनले छोराको अपराध माफ नगर्ने बताएकी थिइन्, तर आफ्नो कार्यकालतिर अन्त्यतिर आउँदा बाइडेन आफ्नो अडानमा अडिन सकेनन् ।
हन्टर बाइडेनले सेप्टेम्बरमा कर छलको अपराध स्वीकार गरेका थिए भने जुन महिनामा अवैध हतियार राखेको अभियोगमा दोषी ठहरिएका थिए।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4