+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘पृथ्वी थेप्चो छ’ भन्ने पुष्टि गर्न आधा करोड खर्चेर अन्टार्कटिका पुगे युट्युबर, फेला पर्‍यो अनौठो तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १२:५५

पृथ्वी गोलाकार छ । यही कुरा भन्दा इतिहासमा ब्रुनोलाई ज्यूँदै जलाइएको थियो । किनकि सदियौं अघि पृथ्वी चेप्टो छ र सूर्यले पृथ्वीलाई घुम्छ भन्ने विश्वास थियो । यद्यपि पृथ्वी चेप्टो भएको सिद्धान्तमा विश्वास गर्ने मानिसहरु सदियौंअघि मात्र होइन अहिले पनि छन् । चेप्टो पृथ्वीको सिद्धान्तलाई सही सावित गर्नका लागि उनीहरुले अनेक खालका तर्क र कुतर्क गर्दछन् । आफ्नो त्यही अन्धविश्वासलाई सावित गर्नका लागि एकजना व्यक्तिले लाखौं खर्च गरे। यतिमात्र होइन, ती युट्युबरको यात्राले पृथ्वी गोलो छैन भन्ने उनको भ्रमलाई तोडेको मात्र होइन, उनलाई नयाँ दृष्टिकोण पनि प्रदान गर्‍यो ।

पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तका खरो समर्थक रहेका युटयुबर जेरन क्याम्पनेला आफ्नो दाबीलाई सही सावित गर्नका लागि करीब ३७ हजार डलर खर्च गरेर अन्टार्कटिकाको यात्रामा गए । अन्टार्कटिका चेप्टो पृथ्वीलाई ढाकेको एक हिउँको भित्ता रहेको र पृथ्वी चेप्टो रहेको कुरा सावित गर्ने उनको उद्देश्य थियो ।

‘मध्यरातको सूर्य’ले तिनछक

मिडनाइट सन अर्थात् मध्यरातको सूर्य । यो एउटा यस्तो घटना हो जब सूर्य २४ घण्टासम्म एउटै स्थानमा देखिन्छ, विशेष गरी ध्रुवीय क्षेत्रमा । यसले पृथ्वी गोलो रहेको सिद्धान्तलाई सटिक रुपमा सावित गर्दछ ।

फ्लाट अर्थ थ्योरी अर्थात् पृथ्वी चेप्टो रहेको सिद्धान्त अनुसार सूर्य कहिल्यै पनि स्थिर रहँदैन र २४ घण्टासम्म एउटै स्थापना पनि रहँदैन ।

क्याम्पनेलाले सोंचेका थिए कि अन्टार्कटिकामा सूर्य उदाउँदैन र अस्ताउँदैन पनि, मात्र स्थिर रहन्छ। तर, अन्टार्कटिकामा उनको अनुभवले उनको पूरा सोंच नै बदलिदियो । उनले त्यहाँ जे देखे त्यसले चेप्टो पृथ्वी सिद्धान्तलाई पूर्णरुपमा असत्य सावित गरिदियो । उनले मिडनाइट सन् देखे, जहाँ २४ घण्टासम्मै लगातार सूर्य देखिन्छ । यो घटना केवल ध्रुवीय क्षेत्रमा मात्रै हुन्छ र यो नै पृथ्वी गोलाकार छ भन्ने तथ्यको भरपर्दो प्रमाण हो ।

आफ्नो अन्टार्कटिकाको यात्रा पश्चात् क्याम्पनेलाले भनेका छन्–कहिलेकाही जीवनमा तपाईं गलत हुनुहुन्छ । मलाई लाग्थ्यो कि सूर्य २४ सै घण्टा देखिंदैन । तर अब मलाई यस्तो पनि हुन्छ भन्ने कुरा यकिन भयो ।

क्याम्पनेलाको अन्टार्कटिका यात्राले फ्लाट अर्थ थ्योरीको आजिमुथल इक्विडिस्टेन्स नक्सालाई पनि गलत सावित गरिदियो । अब त्यो नक्सा आफ्नो लागि कुनै कामको नरहेको उनले बताए ।

क्याम्पनेलाको यात्राले सन् १९५९ को अन्टार्कटिका सन्धिको दाबीलाई पनि खारेज गरिदिएको छ । जसमा भनिएको थियो कि अन्टार्कटिकामा आम नागरिकलाई जानका लागि प्रतिबन्धित छ । यद्यपि उक्त सन्धि अनुसार पर्यटक र शोधका लागि चाहिं अन्टार्कटिकामा जाने अनुमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?