+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सर्‍यो माओवादी पदाधिकारी बैठक, माघ २ गते बस्ने

पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति  (पुस २१ देखि २३ ) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १२:५८
माओवादी पदाधिकारी बैठक (फाइल तस्वीर)

२९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।

‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्‍यो,’ सचिव पौडेलले भने, ‘बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ।’

पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति  (पुस २१ देखि २३ ) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।

नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने पौडेल बताउँछन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने पौडेलले दाबी गरे ।

‘उहाँ यसअघिका बैठकमा आमन्त्रित सदस्य मात्रै भएर आउनुभएको हो,’ पौडेलले भने, ‘अहिले नै उहाँबारे अरु केही निर्णय हुँदैन ।’

पासाङ पार्टीको पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।

पूर्वउपराष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमै नेताहरूले आलोचना गरेका थिए ।

आलोचनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङको आफ्नै चाहनामा बैठकमा आएको स्पष्टीकरण नै दिनपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?