 
																			१४ माघ, काठमाडौं। नेपाली कांग्रेसले तराई–मधेश समन्वय विभागमा सदस्य थपेको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरण यादवको नेतृत्वमा रहेको विभागमा १० जना मनोनीत गरेका छन् ।
सोमबार थपिएका सदस्यहरुमा बाराका कृष्णवर्त सिंह, कपिलवस्तुका सहसराम यादव, सप्तरीका प्रमोदकुमार झा, नवलपुरका मोहनलाल कलवार, सुनसरीका श्यामदेव मेहता, सिरहामा अरूणकुमार सिंह, रौतहट रामकृपाल यादव, काठमाडौंकी दिलमाया अधिकारी, कञ्चनपुरका लालबहादुर राउत राय र सर्लाहीका उमेश चौधरीलाई मनोनीत गरिएको छ ।
कांग्रेसले ५६ विभागका प्रमुख तोकेको छ। विभाग प्रमुख तोकिए पनि कतिपयमा भने सदस्य थपिएको छैन । विधानअनुसार प्रमुखसहित ५१ जना प्रत्येक विभागमा राख्न सकिने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4