 
																			१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेशबारे गुण र दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले सरकारले ल्याएका अध्यक्षको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर पनि गरेको छ ।
पार्टीकी कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जारी गरेको विज्ञप्तिमा संसद्मा दुई तिहाइ बहुमत भएको सरकारले अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित भएको, व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा हुने अवस्था निम्तिएको र यसको जिम्मेवार दुई प्रमुख सत्ता साझेदार दलले लिनुपर्ने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।
त्यस्तै, बैठकले पार्टीका विषयगत विभाग संचालन नियमावली २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली २०८१ र निर्वाचन आयोगको नियमावली २०८१ पारित गरेको जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4