+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संसद्‌बाट सोबिताको माग- रविको निलम्बन तत्काल फुकुवा गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते २१:१८

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टीका सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा गर्न संसद् सचिवालयलाई आग्रह गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा सांसद गौतमले सभापति लामिछानेलाई सांसद पदबाट निलम्बन गर्ने निर्णयको खेद प्रकट गर्दै छिटोभन्दा छिटो सच्याउन आग्रह गरिन् ।

‘म र मेरो पार्टी गहिरो खेद व्यक्त गर्दछौं र संसद् सचिवालयले यो निर्णय छिटोभन्दा छिटो सच्याओस्,’ गौतमले भनिन्, ‘निलम्बन फुकुवा गरोस् भन्ने विनम्रतापुर्वक आग्रह पनि गर्दछु ।’

प्रतिनिधिसभा नियमावलीको दफा २ सय ४८ मा सांसद निलम्बनको प्रावधान भए पनि अन्य कानुन प्रयोग गरेर सभापति लामिछानेलाई निलम्बन गरिएको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

सभापति लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसमेतमा अभियोजन गर्न संकोच अहिलेको सरकारलाई नलागेको उल्लेख गर्दै संसद् सचिवालयलाई पनि किन संकोच नलागेको ? भन्दै प्रश्न गरिन् ।

‘महागठबन्धनको सरकारलाइ नैतिक जिम्मेवारी लिनुपर्ने भनेको विषयमा ठगी, त्यतिले नपुगेर संगठित अपराध र सम्पति शुद्धिकरण अभियोजन गर्न कत्ति पनि संकोच नै लागेन,’ गौतमले भनेकी छिन्, ‘यो हामी बुझ्छौं, नयाँ शक्तिलाई दमन गर्न यति बल त लगाउने पर्‍यो तर संसद् सचिवालयलाइ सरकारको दमनको साक्षी बन्न संकोच किन लागेन ?’

उनले कानुनलाई राजनीतिक अस्त्रको रुपमा प्रयोग नगर्न पनि आग्रह गरेकी छिन् ।

‘सांसदहरू त्यसको सिकार हुनु नपरोस् भन्ने आंकलन गरेरै नियमावलीमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएमा मात्र निलम्बन गर्ने प्रावधान राखेको हो,’ उनले भनिन्, ‘तर अदालतमा मुद्दा दर्ता हुदा नहुदै संसद्ले निलम्बनको सुचना टाँस गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?