 
																			२६ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन भोलिबाट हुने भएको छ ।
२९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन समितिका संयोजक हिसिला यमीले आइतबारदेखि सुरु हुने प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् ।
‘हाम्रो पार्टीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म आयोजना हुने प्रथम महाअधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिनुहुनेछ,’ संयोजक यमीले भनिन् ।
महाधिवेशनले ११ पदाधिकारीसहित ९९ केन्द्रीय समिति चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । संयोजक यमीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने बताइन् ।
 
                









 
             
                             
                             
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4