+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दृष्टिविहीन युवाले बालेनलाई भने- सडकपेटीमै रुमलिने खतरा भयो मेयरसाब !

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १० गते १०:०५

१० फागुन, काठमाडौं । काठमाडौंको दरबारमार्गको सडक पेटीमा काठमाडौं महानगरपालिकाले बिच्छ्याएको ग्रेनाइट अपाङ्गतामैत्री नभएको पाइएको छ ।

ग्रेनाइटमाथि यात्रा गरेका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले अनुभव सुनाउँदै आफूहरुका लागि मैत्री नभएको गुनासो गरेका हुन् ।

दृष्टिविहीन युवा युवराज लामाले आफ्नो अनुभव व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भनेका छन्, ‘सौन्दर्यको लागि granite बिछ्याइरहँदा दृष्टिविहीन व्यक्तिहरूको लागि straight direction पत्ता लगाउन बिछ्याइने पहेँलो रङ्गको tactile को लागि ठाउँ कता हो त ? हिंड्दा फराकिलो र चिल्लो महसुस भएता पनि  स्ट्रेट गाइडलाइन नहुँदा चिल्लो सडकपेटीमै रुमलिने खतराहुँदो रहेछ मेयरसाब !’

लामाले सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनलाई मेन्सन गर्दै अगाडि लेखेका छन् – विश्वका अन्य आधुनिक सहरहरूमा यसको व्यवस्थापन कसरी गरिरहेको छ भन्नेबारे तपाईं जानकार हुनुहुन्छ होला भन्ने आशा गर्दछु !

दरबारमार्गमा ग्रेनाइट बिछ्याउने महानगरपालिकाको निर्णयले अहिले बहस सिर्जना भइरहेको छ । केहीले यसको समर्थन गरेका छन् भने केहीले विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?