११ फागुन, काठमाडौं । स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् ।
पोखराले आइतबाट नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ । पोखराका राम थापाको स्थानमा नवयुग खेल्ने क्लबका अध्यक्ष तथा प्रवन्धक जाम्लिङ घलले जानकारी दिए ।
यसअघि पोखराले अक्सनमा राम थापालाई लिएको थियो । तर रामको स्थानमा अब नवयुग टिममा भित्रिएका हुन् । यसबारे क्लबले अरु जानकारी सार्वजनिक गरेको छैन ।

राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसि लागेको घलेले बताए ।
नवयुग शनिबार भएको एनएसएलको मिनि अक्सनमा अनसोल्ड भएका थिए । उनी क्याटेगोरी बी मा थिए । तर अक्सनमा अनसोल्ड भएपनि नवयुग भाग्यमानी रहे ।
नवयुग एनएसएलको पहिलो सिजनमा पोखराकै मार्की खेलाडी रहेका थिए ।
 
                    










 २०८१ फागुन  ११ गते ११:२६
                        २०८१ फागुन  ११ गते ११:२६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4