+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नागढुंगाबाट खैरो हेरोइनसहित १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १४:०२

१९ फागुन, काठमाडौं। चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट अवैध लागु औषध खैरो हेराइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको प्र.१०–०१–००१ ख ४५५९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्दा एक जना खैरो हेराइनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिरहाको सखुवा नानकार कट्टी गाउँपालिका–५ का २५ को मोहमद कलाम छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाको टोलीले उनलाई पक्राउ गरेको हो ।

मोहमद कलामले लगाएको ज्याकेटको खल्तीमा कालो प्लाष्टिकले बेरेर लुकाएको अवस्थामा ३० ग्राम खैरो हेराइन बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?